neapl investment mega bank

नदी तथा पोखरीमा डुबेर मृत्यु

Jun 22nd, 2020

काठमाडौं, ८ असार

कपिलवस्तु, शुद्धोधन गाउँपालिका-२ बर्गदवा बस्ने उमेश थारु चौधरीकी छोरी ७ वर्षीया माया थारु चौधरी घरदेखि करिब १ सय मिटर टाढा आफ्नै माछा पोखरीको पानीमा डुबेर आइतबार दिउँसो मृत अवस्थामा फेला परेकी छन् । बिहान घरदेखि हराएकी उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।

दाङ, गढवा गाउँपालिका-२ पचाहास्थित राप्ती नदीमा डुबेर सोही ठाउँ बस्ने अन्दाजी ३५ वर्षीय दिनदयाल चौधरीको मृत्यु भएको छ । उक्त नदी तरेर खेत रोप्न जाने क्रममा आइतबा दिउँसो डुबेर उनको मृत्यु भएको हो ।

धनुषा, सवैला नगरपालिका-९ कुसमाहा बस्ने सुनिल रायको छोरा ४ वर्षीय आशिष रायको पोखरीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ । घरबाट खेल्न निस्किएका उनी घर नफर्किए पश्चात खोजी गर्ने क्रममा घरदेखि करिब १ सय ५० मिटर टाढा रहेको माछा पोखरीमा मृत अवस्थामा फेला परेका हुन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi