neapl investment mega bank
  • गृहपृष्ठ
  • लक्ष्मी हुण्डाईद्वारा विशेष प्याकेजको सुरुवात

लक्ष्मी हुण्डाईद्वारा विशेष प्याकेजको सुरुवात

Jun 22nd, 2020

काठमाडौ, असार ८

नेपालको लागि हुण्डाई मोर्टसको एक मात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.(लक्ष्मीहुण्डाई) ले हाल कोविड १९ को बद्िलँदो परिस्थितीलाई सहज बनाउन र आफ्ना ग्राहकहरुको यात्रामा निरन्तर साथ दिनको लागि सानो प्रयास स्वरुप एक विशेष प्याकेज ल्याएको छ । यस अन्तर्गत ग्राहकहरुले विभिन्न किसिमका छुुट र अन्य फाईदाहरु प्राप्त गर्न सक्नेछन् ।

हाल कोविड १९ ले ल्याएको चुनौतीहरुसँग सामना गरी अघी बद्न हिम्मत र हौसला प्रदान गर्नको लागि लक्ष्मी हुण्डाईले एक सानो प्रयासस्वरुप विशेष प्याकेजको सुरुवात गरेको हो । ग्राहकहरुका लागि विशेष प्याकेज अन्तर्गत हुण्डाई गाडीको खरिद गर्दा पहिलो वर्षको मासिक बैंक किस्तामा लक्ष्मी हुण्डाईले ५० प्रतिसतको साथ दिनेछ । यसका साथै ग्राहकहरुले आकर्षक नगद छुट, एक वर्षको निस्शुल्क विमा, निस्शुल्क सडक कर (आ.व.७७र७८) का साथै स्पट एक्स्चेन्ज र सरल फाइनान्सको पभन फाईदा लिन सक्नेछन् । यसबिसम् परिस्थितीमा कोरोना भाईरस बिरुद्ध तत्पर रही लडी रहेका स्वास्थ्यकर्मीहरुका लागि पभन लक्ष्मी हुण्डाईले विशेष प्याकेज उपलब्ध गराएका छन् । यससँगै चार वर्ष को निस्शुल्क सर्भिस र तीन वर्षको वारेन्टी पभन उपलब्ध रहेको छ ।

लक्ष्मी हुण्डाईले यसबिशम् परिस्थितीमा आफ्नो ग्राहकहरुको मनोबल बढाउनुको साथै, आफ्नो कम्पनीको “मानवताको प्रगति“ को प्रतिज्ञातर्फ दृढ प्रतिबद्धता देखाएको छ । कम्पनीले उत्कृष्ट सेवा र अनुभव प्रदान गर्नुका लागि सँधै प्रतिबद्ध रहेको जनाएको छ ।