आधारभूमि संवाददाता
काठमाडौं, असार ८
नेपाल सुनचाँदी महासंघले सुनको मूल्य हालसम्मकै उच्च रहेको जानकारी दिएको छ । केही दिनदेखि निरन्तर उकालो लाग्दै आएको छापावाला सुनको मूल्य आज ९१ हजार पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन ९० हजार ६०० सय रुपैयाँ थियो । आज चार सयले बृद्धि भएर छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ कायम भएको छ ।
त्यसैगरी तेजाबी सुन पनि ४०५ ले वृद्धि भएको छ । आज तेजावि सुनको मूल्य प्रतितोला ९० हजार ५६५ निर्धारण भएको छ । आइतबार तेजाबी सुन प्रतितोला रु ९० हजार १६० मा कारोवार भएको थियो ।
सुनको मूल्य बढेसँगै आज चाँदीको मूल्य पनि १० रुपैयाँले वृद्धि भएको छ । चाँदी प्रतितोला ९ सय ५० पुगेको महासंघले जनाएको छ । आइतबार चाँदी तोलामा ९४० रुपैयाँमा कारोबार भएको थियो ।