neapl investment mega bank
  • गृहपृष्ठ
  • लकडाउनले बढायो डिजिटल कारोबार, जेठमा मोबाइल बैकिङबाट १२ अर्ब २७ करोडको कारोबार

लकडाउनले बढायो डिजिटल कारोबार, जेठमा मोबाइल बैकिङबाट १२ अर्ब २७ करोडको कारोबार

Jun 22nd, 2020

आधारभूमि संवाददाता

काठमाडौं, जेठ ८

लकडाउनका कारण मोबाइल बैकिङ चलाउनु पर्ने धेरैलाई बाध्यता भयो । लकडाउनकै समयमा पनि इन्टरनेट र केबलको महसुलका साथै इन्सुरेन्समा पनि किस्ता तिर्नुपर्ने बाध्यता भयो । जसका कारण नै मोबाइल बैकिङ ब्यापक मात्रामा विस्तार भएको नेपाल राष्ट्र बैंकको एक अध्ययनले देखाएको छ ।

नेपालमा कुल कारोबारको तीन प्रतिशत मात्रै विद्युतीय भुक्तानी हुने गरेको तथ्यांक रहेकामा लकडाउनका बेला बैंकिङ कारोबार आकासिएको छ । कारोबार संख्या र कारोबार रकम दुवैका आधारमा लकडाउनमा नगदरहित कारोबार बढेको देखिन्छ ।

लकडाउन सुरु भएको महिना चैतमा ३२ लाख ८२ हजार मोबाइल बैकिङ कारोबार भएकोमा वैशाखमा ५१ प्रतिशतले बढेर ४९ लाख ६० हजार कारोबार मोबाइलबाटै भएको छ ।

चैतमा मोबाइल बैकिङमार्फत ५ अर्ब ३९ करोडको कारोबार भएको थियो । जेठमा मोबाइल बैकिङमार्फत चैतको तुलनामा १ सय २७ प्रतिशत बढी अर्थात १२ अर्ब २७ करोड रुपैयाँ कारोबार भएको छ । यसले मोबाइल बैकिङमा धेरैको चासो बढेको प्रष्ट हुन्छ ।

लकडाउनमा अत्यावश्यक काममा वाहेक घर वाहिर निस्कन निषेध तर अत्यावश्यक सामाग्री मगाउन र इन्टरनेट तथा केबलको महसुल तिर्नैपर्ने बाध्यताका कारण मोबाइल बैंकिङ कारोबार बढ्न गएको हो । साथै नगद रहित अर्थात मोबाइल बैंकिङ कारोबारबाट अन्य समयमा ग्राहकको समय बचत हुन्छ । तर धेरैजसो स्थानमा नगदबाटै कारोबार हुने र सबैजना प्रविधीमा अभ्यस्त नभएका कारण पनि नगद रहित कारोबार बढ्न सकेको थिएन ।

मोबाइल बैकिङ मात्रै नभई क्युआर कोड तथा वालेटबाट गर्ने कारोबार पनि उल्लेख्य मात्रामा बढेको छ ।

वालेट कम्पनीहरुका युजरहरु यो समयमा ह्वात्तै बढे । कैयनले एप्स डाउनलोड गरेपनि प्रयोग गर्न जानेनन् । तर यसप्रति धेरैको चासो भने बढाएको छ। नगदरहित कारोबार गर्नुपर्ने रहेछ भन्ने धेरैमा चेतना जगाएको छ । आगामी दिनमा यसले नगदरहित कारोबार मात्रै होइन, राज्यको ढुकुट िसमेत बचाउँछ । किनभने

नेपाल राष्ट्र बैंकले नोट छपाइमा वार्षिक करिब १ अर्ब रुपैयाँ खर्च गर्छ । नगदरहित कारोबारबढाउन सके नोट छपाइमा हुने खर्च जोगाउन सकिने मात्र होइन अवैध कारोबार र भ्रष्टाचार नियन्त्रणमा समेत सहयोग पुग्छ ।