neapl investment mega bank
  • गृहपृष्ठ
  • सीमामा अतिक्रमण छिमेकीको दुष्कार्य : कुलपति

सीमामा अतिक्रमण छिमेकीको दुष्कार्य : कुलपति

Jun 21st, 2020

काठमाडौँ, ७ असार

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले छिमेकी भारतद्वारा नेपाली भूमिका अतिक्रमण दुष्कार्य भएकाले त्यसका विरुद्ध राष्ट्रिय एकताको परिस्थिति निर्माण हुनु सकारात्मक भएको बताउनुभएको छ । भर्चुअलरुपमा गरिएको साहित्य सन्ध्याको ४०६औँ मासिक शृङ्खलामा कुलपति उप्रेतीले भन्नुभयो, “हामी नेपालीले योभन्दा चुनौती सामना गर्नुपर्ने अवस्था पनि आउनसक्छ त्यसैले स्रष्टाले जनताको मनोबल उच्च पार्ने, मनोवैज्ञानिक ढाडस दिने, उज्यालोका पक्षमा वकालत गर्ने, विकृति र विसङ्गतिको शालीनतापूर्वक विरोध गर्ने सिर्जना गर्नु आवश्यक छ ।”

गोष्ठीमा बालकृष्ण लामिछाने, आभासितु सिंह, शान्ति प्रियवन्दना, लक्ष्मी थापा, सीता यरी, जनक रसिक, इन्दिरा दाहाल, गीता सापकोटा, दिव्यलक्ष्मी पोखरेल, जयन्ती स्पन्दन, सीताराम नेपाल, ललिता दोषी, परशुराम पराशर, डम्बर पहाडी, डा देवी नेपाल, विधान आचार्य, प्रा डा खेम दाहाल, गङ्गाप्रसाद उप्रेती र राम विनयले सीमा अतिक्रण र समसामयिक विषयमा कविता, गीत, गजल र हाइकु वाचन गर्नुभएको थियो । समालोचक डा भरतकुमार भट्टराईले वाचित रचनामा वर्तमानमा देखिएका विकृति, विसङ्गति, भ्रष्टाचार, अतिक्रमण र हेपाइको अन्त्यका साथै सामाजिक रूपान्तरणको आग्रह देखिएको बताउनुभयो । रासस

aadharbhumi
aadharbhumi
aadharbhumi