neapl investment mega bank
  • गृहपृष्ठ
  • काठमाडौँ उपत्यकाका लकडाउनमा बन्द भएका ट्राफिक लाईट सञ्चालन

काठमाडौँ उपत्यकाका लकडाउनमा बन्द भएका ट्राफिक लाईट सञ्चालन

Jun 21st, 2020

काठमाडौ, असार ७

नेपाल सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि गरेको लकडाउनमा बन्द रहेको काठमाडौंको ट्राफिक लाईट संचालनमा आएको छ । नेपाल सरकारले गरेको लकडाउनको नयाँ मोडालिटी जोर विजोर प्रणाली अनुसार सवारी साधनको वृद्धि भएसँगै उपत्यकाका ट्राफिक लाईटहरूलाई सञ्चालनमा ल्याएको महानगरीय ट्राफिक प्रहरी महाशाखा जनाएको छ ।

पद्मोदय १, नयाँ बानेश्वर, पुरानो बानेश्वर, सुविधानगर, गौरीगाँउ, मुनिभैरव, कालिमाटी चोक, कालिमाटी शालिक, नयां ठिमी चोक, सिंहदरबार, गौशालाका स्थानका ट्राफिक लाईट सञ्चालनमा आएको जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम ढकालले दिनुभयो ।

पुतलिसडक, पद्मोदय २, मित्रपार्क, नारायणगोपाल चोक, परोपकार, टंकेश्वर, महापाल (ललितपुर) का ट्राफिक लाईट अब सञ्चालनमा आउनेछन् । महाशाखाका अनुसार अन्य स्थानहरूमा पनि ट्राफिक लाईट शुरू गर्न पहल भईरहेको छ ।

ट्राफिक लाईट सञ्चालन आएका स्थानहरूका ट्राफिक लाईटको पूर्ण पालाना गर्न सम्पूर्ण पैदलयात्री तथा सवारी चालकहरूलाई महाशाखाले विशेष अनुरोध पनि गरेको छ । साथै सवारी चालक तथा सडक प्रयोगकर्ताहरूले ट्राफिक नियम पालना नगरेमा दुर्घटना बढ्न जाने हुँदा सम्बन्धित सम्पूर्ण चालक तथा पैदलयात्रीहरूले सबै किसिमका ट्राफिक नियमहरूलाई पूर्ण रूपमा पालना गर्न सबैलाई अनुरोध पनि गर्दछ ।

प्रविधिमैत्री ट्राफिक व्यवस्थापनमा प्राथमिकता दिँदै सम्बन्धित निकायसँग समन्वय गरी विगत ९ वर्षदेखि बिग्रेर रहेका १८ स्थानका ट्राफिक लाईट महानगरीय ट्राफिक प्रहरी महाशाखाको पहलमा सञ्चालनमा ल्याइएको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi