neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपालगञ्ज र झापाबाट विना पास वढी भाडा लिएर आउने सवारी नागढुङ्गाबाट पक्राउ

नेपालगञ्ज र झापाबाट विना पास वढी भाडा लिएर आउने सवारी नागढुङ्गाबाट पक्राउ

Jun 21st, 2020

काठमाडौ, असार ७

लकडाउनको नयाँ मोडालिटी जोर विजोर प्रणालीमा पनि विना पास वढी भाडा लिई उपत्यका प्रवेश गर्न खोज्ने नेपालगञ्ज र झापाबाट काठमाडौँ आएको ४ वटा सार्बजनिक भाडाका बसहरूका साथै चालकहरूलाई ट्राफिक प्रहरी र जनपथ प्रहरीको संयुक्त चेकिङ्ग टोलीले विभिन्न मितिमा नागढुङ्गाबाट नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा नेपालगञ्जबाट आएको बा४ख ७३६३,ना ७ ख ५३९५ नम्बरको बस, बा ४ ख ४५८० नम्बरको हाईस र त्यस्तै झापाबाट आएको ना ५ ख ५८३४ नम्बरको बसका साथै चालक क्रमशस् विकाश शर्मा, राहुल डगर, राकेश शाक्य र रूद्र बहादुर घर्ती रहेका छन् ।

मौकाको फाईदा उठाईसार्वजनिक बसहरूमा विना पास बढी भाडालिई काठमाडौँ उपत्यका भित्रिदै गरेको सुचनाको आधारमा चेकजाँच गर्दा उक्त बस पक्राउ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक वामदेव गौत्तमले जानकारी दिए ।

aadharbhumi
aadharbhumi
aadharbhumi