neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३ पुग्यो

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३ पुग्यो

Jun 21st, 2020

आधारभूमि संवाददाता

काठमाडौँ,७ असार

नेपालमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट थप १ जनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्बर ५ का ६९ वर्षीय पुरुषको असार ५ गते घरमै मृत्यु भएको जानकारी दिनुभयो ।

उनी गत जेठ २५ गते भारतबाट नेपाल आएका थिए।  निज प्यारालाइसिसका विरामी थिए । निजको असार ५ गते नमुना संकलन गरी प्रदेश प्रयोगशालामा भैरहवामा भएको परीक्षणमा ६ गते कोरोना पुष्टि भएको हो । 

उनको शवलाई ६ गते नै नेपाली सेनाले व्यवस्थापन गरेको छ। यससँगै  नेपालमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi