आधारभूमि संवाददाता
काठमाडौँ,७ असार
पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा ४२१ जनामा सङ्क्रमण देखिएको बताए । नयाँ संक्रमित मध्ये ६४ जना महिला र ३५७ जना पुरुष रहेका छन् ।
योसँगै संक्रमितको कूल संख्या ९०२६ पुगेको छ भने सङ्क्रमणबाट निको भइ १७७२ जना घर फर्किसकेका छन् । पछिल्लो २४ घण्टामा १८६ जना पुरुष र ८ जना महिला गरि १९४ जना कोरोनामुक्त भएका छन्। हालसम्म कोरोनाबाट २३ जनाको मृत्यु भएको छ ।