neapl investment mega bank
  • गृहपृष्ठ
  • राप्ती नदीमा फसेका ११ जना व्यक्तिहरुको सकुशल उद्दार

राप्ती नदीमा फसेका ११ जना व्यक्तिहरुको सकुशल उद्दार

Jun 21st, 2020

बाँके, असार ७

राप्ती सोनारी गाउँपालिका २ गौशालास्थित राप्ती नदीमा फसेका सोही गाउँपालिका २ राजपुर बस्ने ३५ वर्षीय गम बहादुर पुन सहित ६ जनाको शनिबार राति प्रहरीले सकुशल उद्दार गरेको छ । उक्त नदीमा माछा मार्न गएकोअवस्थामानदीमा बाढी आई नदीको बिचमा ६ जना व्यक्तिहरु अड्केको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ढकेरी, ईलाका प्रहरी कार्यालय कोहलपुर र बिपद व्यवस्थापन क्याम्प सम्सेरगंमज सशस्त्र क्याम्पबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई सकुसल उद्दार गरेको हो ।

यसैगरी राप्ती सोनारी गाउँपालिका ५ रयास्थित राप्ती नदीमा फसेका सोही ठाउँ बस्ने ५ जना महिलाहरुलाई शनिबार राति प्रहरीले सकुशल उद्दार गरेको छ । घाँस काट्न गएकोमाराप्ती नदीमा पानीको बहाव बढ्न गई बिच टापुमा उनीहरु अड्केको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बैजापुरबाट खटिएको प्रहरीले उनीहरुको सकुशल उद्दार गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक उद्दार कार्य एवम् थप अनुसन्धान गरिरहेको जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi