neapl investment mega bank
  • गृहपृष्ठ
  • जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

Jun 21st, 2020

नुवाकोट, असार ७

बिदुर नगरपालिका-२ स्थितसतनचुली होटलमा जुवातास खेलिरहेको अवस्थामा १० जनालाई नगद १ लाख ६ हजार ३५ रुपैयाँ र ३ बुक तास सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बिदुर नगरपालिका-२ बस्नेहरु सोही होटलका संचालक २८ वर्षीय दिल बहादुर तामाङ, ५१ वर्षीय ठाकुर पुडासैनी, ३४ वर्षीय दिपक सिंखडा, ५१ वर्षीय पदम उप्रेती, ३५ वर्षीय दिपेन्द्र वली, ३७ वर्षीय बिष्णु न्यौपाने, ३३ वर्षीय बासु गजुरेल, ४० वर्षीय डम्मर श्रेष्ठ, ४८ वर्षीय नारायणजी राई र ३४ वर्षीय भिम खतिवडा रहेका छन् ।

उक्त होटलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi