काठमाडौ, असार ७
बच्चाहरुको सुरक्षाका निम्ती प्रयोग हुने विश्व प्रसिद्ध अन्तर्राष्ट्रिय ब्राण्ड ड्रिमबेबी अब नेपालका लागि एकमात्र आधिकारिक बितरक आईएमएस ग्रुप अन्तर्गत आईएमएस लिटिल स्माईल कम्पनीले ड्रिमबेबीका सामाग्रीहरु यही असार ३ गते भित्र्याएको छ । संसारभरि सयौं देशहरूमा फैलिएको, ड्रीमबेबीका सामानहरू अब नेपालमा पनि उपलब्ध गरिनेछन् ।
ड्रिम बेबीका सामानहरू विशेषरूपमा बच्चाहरुको हेरचाह र सुरक्षालाई मध्यनजर गरी डिजाइन गरिएकाछन् । ड्रीमबेबीको सामानहरुःगेट, छेक्सनी, पोटी तालिमका सामान र खुवाउने सामाग्रीहरु सामेल छन् । यस बेबि ब्रान्डले धेरै अवार्डहरू जितेका छन् जस्तै प्रिफरेन्स च्वाईस अवार्ड, अवार्ड फर एक्सीलेन्स, टप च्वाईस अवार्ड , फेमली च्वाईस अवार्ड लगायतका थुप्रै अवार्ड जितेको छ ।
ड्रीमबेबीका सामानहरू आईएमएस लिटिल स्माईल रूम, सिटी सेन्टर, कमलपोखरीमा उपलब्ध हुनेछन् साथै अनलाइन डेलिभरीको लागि नेपालको एक मध्ये सबैभन्दा ठूलो अन्लाइन मेगा स्टोर स्मार्ट डोकोमा पनि उपलब्ध गराइनेछ । ग्राहकहरूलाई इन्ट्रोडक्टरी अफरको रूपमा ड्रीमबेबीका सामानहरूमा १० प्रतिसत छुट दिइनेछ । थप रूपमा, ग्राहकहरूले रु. ५००० वा पाँच हजार भन्दा बढीको सामान खरिद गरेमा डाक्टर ब्राउनको रु. ९८० मूल्यको ४ वटा पेसिफायर मध्य शिशुको उमेर र मनपर्ने रङ्ग अनुसार एउटा पेसिफायर प्राप्त गर्न सकिनेछ । डक्टर ब्राउन अमेरिकाको उच्चस्तरीय बेबी बोतल ब्राण्ड हो । यस ब्राण्डको उत्पादनहरू बोतल, खुवाउने सामानदेखि लिएर पेसिफाइर, सिप्पिकप र अन्य धेरै छन् । अफरयहि २०७७ सालअसार २१ गते सम्ममात्र मान्यता हुनेछ ।
“नेपालमा अर्को अन्तर्राष्ट्रिय ब्रान्ड ड्रीम बेबीको वितरक प्राप्त गर्न पाउँदा हामी अत्यन्तै हर्षित र गर्व महसुस गर्दछौं । आमाबुवाको प्राथमिकता भनेको नै बालबालिकाको सुरक्षा हुन्छ, त्यसकारण हामी हाम्रा नेपाली आमाबुबाको चिन्तालाई सम्बोधन गर्ने आशाको साथ ड्रीम बेबी नेपाली बजारमा उपलब्ध गराउन पाउँदा अत्यन्त खुशी छौं” आईएमएस ग्रुपका अध्यक्ष तथा प्रमुुख कार्यकारी अधिकृत दिकेश मलहोत्राले भने ।
आइएमएस ग्रुपको बारेमा आईएमएस ग्रुप
आईएमएस ग्रुप एक स्थानीय समूह हो जसको अन्तर्गत २० भन्दा बढी कम्पनिहरु छन् आईएमएस नेपालमा सामसङ्ग स्मार्टफोनको राष्ट्रिय वितरक हो । सन् १९९८ माआधिकारिक रूपमा मोबाइल फोन आयात गर्ने यो नेपालको पहिलो कम्पनी हो । कम्पनीले विगत २७ बर्षमा विशाल उन्नती गरेको छ, जुन आईएमएस ग्रुपको कम्पनीहरूको संख्याबाट स्पष्टसँग देख्न सकिन्छ । कम्पनीले लक्जरी कोरियाली अटोमोबाइल ब्रान्ड साङ्योङ्गको डिलरसिप पनि प्राप्त गरेको छ र हालसालै नेपालका लागि डक्टर ब्राउन, क्रेन, हिमालय, बीबी लभ, एनर्जाइजर र डीजिआइ जस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरूको डिलरशिप पनि प्राप्त गरेको छ । यसले शिक्षा, बैंकि, निर्माण, कृषि र अन्य धेरैमा आफ्ना सेवाहरू विस्तार गरेको छ ।