neapl investment mega bank
  • गृहपृष्ठ
  • एपीएफ टोलीद्वारा लागूऔषध तथा गाँजा बरामद

एपीएफ टोलीद्वारा लागूऔषध तथा गाँजा बरामद

Jun 20th, 2020

काठमाडौं, असार ६

धनुषा जिल्लाको नगराईन नगरपालिका १ स्थित हासपट्टीबाट असार ४ गते एपीएफ टोलीले एक्जीप्लोन कफ सीरप ५० बोतल, नाईट्राभेट ट्याब्लेट १ सय ५ वटा र ६४ वटा स्पास्मो प्रोक्सीभन प्लस बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट फुलगामा र राजश्व वेश जनकपुरबाट खटिएको एपीएफ टोलीलाई देख्नासाथै लागूऔषध ल्याउने व्यक्तिहरु त्यसवेला उक्त लागूऔषध सोही ठाँउमा छाडि फरार भएका थिए ।

बरामद लागूऔषध एपीएफ टोलीले जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट त्रिभुवननगरबाट खटिएको एपीएफ टोलीले असार ४ गते करिब पाँच के.जी. गाँजा बरामद गरेको छ ।

नेपालबाट अवैध रुपले भारततर्फ लैजादै गरेको अवस्थामा उक्त गाँजा एपीएफ टोलीले सर्लाही जिल्लाको ब्रम्हपुरी गाँउपालिका ५ ईनरुवा स्थित सीमा ईलाकाबाट बरामद गरेको हो । त्यसबेला गाँजा लैजादै गरेका व्यक्ति एपीएफ टोलीलाई देख्नासाथै उक्त गाँजा सोही ठाँउमा छाडि फरार भएका थिए ।

aadharbhumi
aadharbhumi
aadharbhumi