neapl investment mega bank
  • गृहपृष्ठ
  • फ्रुटीमा नशालु पदार्थ मिसाएर खुवाई लुटपाट

फ्रुटीमा नशालु पदार्थ मिसाएर खुवाई लुटपाट

Jun 20th, 2020

ललितपुर, असार ६

ललितपुर महानगरपालिका १७ ग्वार्कोस्थित बिएण्डबि अस्पतालको गेट अगाडिबाट ललितपुर महालक्ष्मी नगरपालिका १ ईमाडोल बस्ने ६५ वर्षीया महिलाको ३ आनाको तिलहरी १ थान, ८ आनाको कानको मुन्द्रा १ जोर र नगद १ हजार रुपैयाँ शुक्रबार दिउँसो लुटपाट भएको छ ।

अपरिचित २ जना व्यक्तिहरुले फ्रुटीमा नशालु पदार्थ मिसाई खुवाई लठ्ठ बनाए पश्चात उक्त लुटपाट गरेको बताइएको छ ।

लुटपाटमा संलग्न व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi