neapl investment mega bank
  • गृहपृष्ठ
  • मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ

मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ

Jun 20th, 2020

मकवानपुर, असार ६

मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न रहेको अभियोगमा भारत बिहारकी १९ वर्षीया रानी भन्ने ज्योती चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

७ वर्षीया बालिकालाई ललाइफकाई मानव बेचबिखन तथा ओसारपसार गर्ने उद्देश्यले प्रदेश ३-०३-००१ -ह ००६१ नम्बरको अटोमा बारा जितपुर हुँदै भारततर्फ लैजाने क्रममा मकवानपुर हेटौंडा उपमहानगरपालिका १५ पशुपतिनगरस्थित सडकबाट चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्धामा जिल्ला अदालत मकवानपुरबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi