neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रमुख प्रशासकीय अधिकृतलाई जोडेर संप्रेषण गरिएको समाचारप्रति गोदावरी नपाको गंम्भिर ध्यानकर्षण

प्रमुख प्रशासकीय अधिकृतलाई जोडेर संप्रेषण गरिएको समाचारप्रति गोदावरी नपाको गंम्भिर ध्यानकर्षण

Jun 20th, 2020

काठमाडौ, असार ६

प्रमुख प्रशासकीय अधिकृतलाई जोडेर संप्रेषण गरिएको समाचारप्रति गोदावरी नगरपालिकाले गंम्भिर ध्यानाकर्षण भएको जनाएको छ । नगरपालिकाले बिज्ञप्ती जारी गर्दे नगरपालिका कार्यालयमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत र निजको परिवारको नाम जोडेर केही सञ्चार माध्यमले प्रकाशन गरेको समाचारप्रति यस नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

बिज्ञप्तीमा भनिएको छ, राष्ट्रको चौथो अङ्गका रुपमा रहेका पत्रकार र पत्रकारिताले देशमा आमूल परिवर्तन भएका छन् । सञ्चार माध्यम र पत्रकार माथि हाम्रो दशकौंदेखि विश्वास रहँदै आएको छ र भोलिको दिनहरूमा पनि यस्तै विश्वास रहि रहनेछ भन्ने अपेक्षा गर्दछौं । पत्रकारिता पेशा मर्यादित र बिश्वासिलो भएका कारण हामी आम पत्रकार माझ नजिक छौं र नजिक रहन चाहन्छौं ।

पत्रकारिताका कारण समाजमा भएका सत्य तथ्य घटना आम नागरिकले बुझ्न र पढ्न पाउने हो । तर हामी र पत्रकारबीच प्रगाढ मित्रता रहँदारहँदै मिति २०७७/०३/०३ र ४ गते अनलाइन न्युज पोर्टल बाग्मती अनलाइन, मिडिया डबली अनलाइन, खोजतलास न्युज, दैनिक नेपाल डटकम लगायत अनलाइनमा प्रकाशित बिभिन्न शीर्षकमा छापिएको समाचारमा यस नगरपालिकाको विशेष ध्यानाकर्षण भएको छ । साथै उक्त समाचारले प्रमुख प्रशासकीय अधिकृतको चरित्र हत्या गर्ने काम भएको छ ।

समाचारमा भनिए जस्तो बिना आधार बिना प्रमाण कमिशनको खेलमा जग्गा जमीन खरीद गरिएको जस्तो शब्द प्रयोग गरी निज माथि कालोमोसो दल्ने सम्मको दुष्प्रचार गरेको, चरित्रहत्या गर्ने प्रयत्न गरेको प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै घोर भत्र्सना गर्दछौं । निजको व्यक्तिगत बिचार समेत नबुझी एकपक्षीय रूपले समाचार तयार पार्ने कार्यप्रति हाम्रो गम्भीर आपत्ती रहेको छ ।

पत्रकारिताको सिद्धान्तमा रहेर काम गर्ने पत्रकारले दुबै पक्षका बिचारमा आधारित रहेर समाचार तयार पर्नु पर्नेमा एकपक्षीय स्वेच्छिक तरिकाले समाचार प्रशासरण गर्दा पत्रकारिता माथिको विश्वसनीयतामा नै शङ्का उत्पन्न हुने हुँदा आगामी दिनमा सत्य तथ्य र प्रमाण सहितको समाचारको अपेक्षा गरिन्छ । निज कार्यरत संस्था यस गोदावरी नगरपालिकाले निजबाट समाचारमा उल्लेख गरिएका क्रियाकलाप, गतिविधि भए गरेको भए निज माथि सम्बन्धित निकायमा कारवाहीको सिफारिस गरिने थियो ।

निजबाट गोदावरी नगरवासीलाई सेवा प्रवाह गर्दा विधि र कानुनी प्रक्रिया पु¥याउने सन्दर्भमा एवं निजको कार्य व्यस्तताका कारण केही ढिलासुस्ती हुन सक्ने कुरालाई मनन् गरी आउने दिनहरुमा सुधार गर्दै प्रभावकारी तथा चुस्त दुरुस्त ढङ्गले सेवा प्रवाह गर्न कटिबद्धता जनाउदै जग्गा खरिदका सम्बन्धमा निजबाट कुनै कमिशनमा जग्गा प्राप्त नगरेको साथै करिब ३२ वर्षको लामो निजामति सरकारी सेवामा समर्पित रहेको र निजको परिवारका सदस्यहरु पनि आ–आफ्नो पेशामा संलग्न भएकोले उक्त जग्गा खरिद भएको बुझिन्छ ।

साथै निज ठोरी नगरपालिकामा कार्यरत रहेको पनि होइन र यस गोदावरीका कुनै क्रसर, ढुङ्गा खानी र ठेकेदारहरुसँग नाजायज सम्बन्ध भएको पनि देखिँदैन । तसर्थ निजमाथि दुष्प्रचार गरिएका समाचारको खण्डन प्रकाशन गरिदिनुहुन सम्पादक पत्रकारज्युहरूलाई हार्दिक अनुरोध गरिन्छ , बिज्ञप्तीमा भनिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi