neapl investment mega bank
  • गृहपृष्ठ
  • सेनाद्धारा चीनबाट खरिद गरिएको मध्ये हालसम्म २१७७ क्युबिक मिटर औषधी हस्तान्तरण

सेनाद्धारा चीनबाट खरिद गरिएको मध्ये हालसम्म २१७७ क्युबिक मिटर औषधी हस्तान्तरण

Jun 20th, 2020

काठमाडौ, असार ६

नेपाली सेनाले चीनबाट खरिद गरिएको मध्ये हालसम्म २१७७.९१ क्युबिक मिटर औषधी हस्तान्तरण गरेको जनाएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को चैत १६ गतेको निर्णय अनुसार कोभिड १९ रोकथाम, नियन्त्रण र उपचारको लागि आवश्यक पर्ने औषधी, उपकरण तथा स्वास्थ्य सामग्रीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरी आवश्यकता अनुसार रक्षा मन्त्रालयले नेपाली सेना मार्फत सरकार देखि सरकार बिधिबाट खरिद गर्ने निर्णय भएको थियो ।

सोही बमोजिम नेपाली सेनाले चीनबाट खरिद गरेको सामग्रीहरु मध्ये हालसम्म प्राप्त २१७७.९१ क्युविक मिटर औषधी, उपकरण तथा स्वास्थ्य सामग्रीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा हस्तान्तरण गरेको जानकारी दिएको छ । उक्त सामाग्रीहरु सुदुरपश्चिम प्रदेश र नं. ५ प्रदेशमा, कर्णाली प्रदेशमा, गण्डकी र बागमती प्रदेशमा औषधी, उपकरण तथा स्वास्थ्य सामग्रीहरु पठाइएको जनाएको छ ।

साथै हालसम्म प्राप्त भई मौज्दातमा रहेका र प्राप्त हुने क्रममा रहेका स्वास्थ्य सामग्रीहरुको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग समेतका प्रतिनिधिहरु बीच छलफल गरी तयार भएको बितरण प्रस्ताव परिमार्जन तथा स्वीकृतिको लागि यही असार तीन गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पठाईएको र स्वीकृति प्राप्त भएपछि स्वास्थ्य सेवा विभागसंग समन्वय गरी समन्वयात्मक ढङ्गले वितरण गर्ने योजना रहेको जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi