neapl investment mega bank

एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ

Jun 20th, 2020

पर्सा, असार ६

पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित मितेरी पुलबाट असार ४ गते एपीएफ टोलीले ९ बोतल कोरेक्ससहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही महानगरपालिका ३ बस्ने २८ वर्षिय अख्तर अली मनसुरी र २३ वर्षिय सोहेल मिया मनसुरी छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल नम्वर १४ गुल्म पर्साबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त परिमाणको लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।

त्यसबेला एपीएफ टोलीले उनीहरुको साथबाट चार वटा मोवाईल सेटसमेत बरामद गरेको छ । एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद लागूऔषध र मोवाईल सेटसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi