neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल तरुण दलद्धारा एमसीसी खारेजीको माग गर्दे बिरोध सभा

नेपाल तरुण दलद्धारा एमसीसी खारेजीको माग गर्दे बिरोध सभा

Jun 20th, 2020

काठमाडौ, असार ६

नेपाली काँग्रेस (वी . पी.) को भातृ संघ नेपाल तरुण दल (वी पी) ले एमसिसी खरेजीको माग गर्दे बिरोध सभा गरेको छ । संघले शुुक्रबार काठमाडौको कलंकीमा बिरोध सभा गर्दे सरकार भ्रष्टाचारमा लिप्त भएको भन्दै बिरोध सभा गरेको हो ।

तरुण दलका अध्यक्ष प्रधुम्न जंग कार्किको अध्यक्षतामा भएको विरोध सभालाई नेविसंघ र पार्टीका नेता तथा पदाधिकारीहरुले सम्बोधन गरेका थिए । सभालाई सम्बोधन गर्दै पुर्व मन्त्री तथा पार्टीका महामन्त्री सुशीलमान सेरचनले प्रधानमन्त्री केपि शर्मा ओलिले हिजो राष्ट्रिय सभामा सम्बोधनका क्रममा भनिएका भनाईहरु अपरिपक्व भएको भन्दै प्रधानमन्त्रीको आलोचना गरेका छन ।
सम्बोधन कै क्रममा अर्का महामन्त्री पुष्पराज पराजुलीले अहिले ओलि सरकारले नेपालको नक्सा लिम्पियाधुरा सम्मको सार्वजनिक गरे पनि यो सरकारको नियत माथी प्रश्न उठेको बताएका छन ।

पराजुलीले २०६४ मा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा नेपालको परराष्ट्र तथा सुरक्षा नीति भारतलाई जिम्मामा दिने प्रस्ताव केपि ओलिले गर्दा अमित सेरचनले रोकेका कारण टेबुल नभएको स्मरण गराउदै ओलि सरकारले नेपाललाई भुटान त बनाउदै छैन भनेर प्रश्न उठेको बताएका छन ।
सम्बोधनका क्रममा सहमहामन्त्री तथा प्रवक्ता देवेन्द्रप्रकाश पौडेलले जनतालाई लकडाउनमा राख्दा १० किलो चामल राहत दिन नसक्ने सरकारले अहिले कर तिर भनेर के का लागि भनेको भन्दै नागरिकले अवस्था सामान्य नभए सम्म राज्यलाई कर तिर्न नसक्ने हुनाले अवस्था सामान्य नभए सम्म कर नदिन आग्रह गरे । पौडेलले भने सरकार विदेशमा रहेका ८० लाख युवाहरूले पठाएको रेमिटेन्समा भ्रष्टाचार गरेकोले अहिले त्यो रेमिटेन्स नआउँदा भ्रष्टाचार गर्न नपाएर तलब भत्ता खुवाउने समेत बजेट छैन भनेर नागरिकले तिरेका करबाट भ्रष्टाचारको बाटो फुकाउन खोजेको भन्दै नागरिक र देशमा केही गर्न नसक्ने सरकारलाई कर लिग्ने नैतिक अधिकार नभएको भन्दै अवस्था सामान्य नभए सम्म कर नतिर्न नागरिकलाई आग्रह गरेका छन ।

सभालाई सम्बोधन गर्ने वक्ताहरुले सरकारले एमसिसी खारेज गर्नु पने कालापानीबाट भारतीय सेनाहटाउन पर्ने र लिम्पियाधुरामा नेपाली सेना राख्नु पर्ने भनाई राखेका थिए । विरोध सभा भ्रष्टाचारिलाई कारबाही गर, पिसिआरलाई तिब्रता दे, आरडिटी बन्द गर, भारतीय सेना फिर्ता गर, १० अर्ब खै जस्ता पेले कार्ड तथा नारा लगाएका थिए ।