neapl investment mega bank
  • गृहपृष्ठ
  • फक्स वागनको १०,००० मासिक किस्तामा गाडी चढ्ने अफर

फक्स वागनको १०,००० मासिक किस्तामा गाडी चढ्ने अफर

Jun 20th, 2020

काठमाडौ, असार ६

फक्स वागन खरीद गर्ने इच्छुक ग्राहकहरुलाई आउदो १ बर्षसम्मको लागि कम किस्ता तिरे पुग्ने अफर अधिकृत बिक्रेता पूजा इन्टरनेशनल नेपाल प्रा.लि. लिएर आएको छ । कोरोना कोविड १९ द्वारा सिर्जित वातावरणमा धरै व्यक्तिहरुको सुरक्षित सार्वजनिक सवारी साधनहरुको अभावमा मोटरसाइकल वा गाडी किनुपर्ने वाध्यता भएको परिप्रेक्ष्यमा सर्वसाधारणसम्म फक्सवागन पोलो गाडीको पहुच होस् भन्ने अभिप्रायले यो योजना लागु गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस अफर अन्तर्गत आउदो १ वर्षसम्म मासिक रु १०,०००। किस्ता तिरे मात्र पुग्नेछ । तत्पश्चातग्राहकहरुले नियमित किस्ता तिर्नुपर्ने हुन्छ । पूजा इन्टरनेशनल नेपाल प्रा.लि. को बजार प्रबन्धक बिराज श्रेष्ठका अनुसार,ूकोरोना कोविड १९ को संक्रमण १ वर्ष भित्र अन्त्य भई ग्राहकहरुको क्रयशक्ति पुरानो स्वरुपमा आउने छ भन्ने आशाका साथ यो योजना लागु गरिएको हो ।
साथै यस योजना अन्तर्गत अफर गरिएको प्रिमियम हयाच ब्याग गाडी पोलोमा सुरक्षाका विभिन्न व्यवस्था जस्तै एन्टिलक ब्रेकिङ सिस्टम (एबीएस), एयर ब्याग, गाल्भनाइज्ड बडि, पावर विन्डो, रियर भ्यू क्यामेरा, पोलन फिल्टर सहितको एयर कन्डिसन, पावर स्टरिङ आदि समावेश गरिएको छ ।

लगातार ३ वर्षसम्म विश्वमा सर्वाधिक गाडीहरु बिक्रि गर्न सफल फक्सवागनको विश्व स्तरीय गाडी उत्पादन गर्ने कम्पनी हो । खरिद गर्नु अगाडी, टेस्ट डाईभ गर्दा संरक्षित वातावरणमा गरिने कुरा पूजा इन्टरनेशल नेपाल प्रा.लि. बताएको छ । यस योजना अन्तर्गत फ्रि एक्ससोरिज, सुलभ फाईनान्सिङ सुबिधा, प्रथम वर्षको सडक शुल्क, २ वर्षसम्मको किमि बन्देज नभएको वारेन्टी, ४ वर्षसम्मको निशुल्क सर्भिस र डेलिभरीको लागि कुर्नु नपर्ने लगायतका सुबिधाहरु तोकिएकाछन ।