neapl investment mega bank
  • गृहपृष्ठ
  • काठमाडौं उपत्यकामा जोर विजोर नियममा थप कडाई

काठमाडौं उपत्यकामा जोर विजोर नियममा थप कडाई

Jun 20th, 2020

काठमाडौ, असार ६

नेपाल सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि गर्दै आएको लकडाउनको नयाँ मोडालिटी जोर विजोर प्रणालीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा थप कडाई गरेको छ । जोर विजोर प्रणालीको पूर्णपालना नभएको भन्दै ट्राफिक प्रहरीले कडाई गरेको हो ।

महाशाखाले एकातर्फ आम नागरिकहरूलाई सचेतना जगाउन, सामाजिक दुरीको पालना गराउन तथा सवारी साधनहरुमा हुने भिडभाड कम गराउनका लागि सजगता र सचेतनाका लागिउपत्यकाको मुख्य मुख्य चोकहरूमा प्लेकार्डमार्फत सचेतना दिईरहेको छ भने अर्कातर्फ जोर विजोर प्रणालीको पूर्णपालना गराउन चेक प्वाईन्टहरू राखि थप कडाई गरिरहेको छ ।

शुक्रबार मात्रै अटेर गरी जोर विजोर प्रणालीको उल्लङ्घन गरी सञ्चालन गरेका नौ सय ४८ वटा दुई पाङ्ग्रे, दुुई सय ४७ भाडा कार (ट्याक्सी) र एक सय ६३ वटा साना तथा ठूला सवारी गरी जम्मा एक हजार तीन सय ५८ वटा सवारी साधनलाई उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिएकाछन ।

एसएसपी ढकालले विभिन्न बहानामा सवारी साधन चलाउनेहरुको सख्या बढेको कारण थप चेकजाँज गरी कडाई गरेको बताए । हालसम्म लकडाउन कार्यान्वयनमा आमनागरिकले पुर्याएको सहयोग प्रति आभार व्यक्त गर्दे अत्यावश्यक सेवा र कामबाहेकसवारी साधन नचलाउन र सर्बसाधारणलाई घरबाट ननिस्कन समेत महाशाखाले आग्रह गरेको छ ।

काठमाडौं उपत्यकामा जेठ ३० गतेदेखि आजसम्म जोर विजोर प्रणाली उलंघन गर्ने १२ हजार पाँच सय ८२ वटा सवारी साधनहरू नियन्त्रणमा लिईसकेको महाशाखाले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi