काबुल, ५ असार
अफगानिस्तानको सरकारी फौजले बिहीबार राति गरेको सैन्य कारबाहीमा कम्तीमा १७ जना तालिबानी लडाकाको मृत्यु हुनुका साथै २० जना घाइते भएका छन् ।
अफगान रक्षा मन्त्रालयले पाक्तिया प्रान्तको सरोजाई जिल्लामा गरिएको कारबाहीमा ती लडाका मारिएको जनाएको छ ।
उक्त आक्रमणका क्रममा अफगानिस्तानका एक सैनिक जवानको पनि मृत्यु भएको छ । रक्षा मन्त्रालयले सरकारी सेनातर्फ दुई जना सैनिक जवान घाइते भएको पनि जनाएको छ ।
अफगान सरकार र तालिबान समूहबीच वार्ताको तयारी भइरहे पनि दुबै पक्षबाट एकअर्का विरुद्ध घातक आक्रमण हुनेक्रम रोकिएको छैन । एएनआई