आधारभूमि संवाददाता
काठमाडौ, असार ५
नेपालमा पछिल्लो २४ घण्टामा २१६ जनाले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न अस्पतालबाट २१६ जना डिस्चार्ज भएको बताए । डिस्चार्ज हुनेमा २०७ जना पुरुष र ९ जना महिला रहेको गौतमले बताए ।
योसहित नेपालमा डिस्चार्ज हुनेको सङ्ख्या १४०२ पुगेको छ । प्रवक्ता अनुसार हालसम्म देशका ७४ जिल्लामा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ भने बितेका २४ घण्टामा कसैको पनि मृत्यु भयको छैन ।