neapl investment mega bank
  • गृहपृष्ठ
  • कार्यलय बन्द हुँदा पनि कर्मचारीको आँखा घुस खानमै, लकडाउनमा मात्र २ हजार भ्रष्टाचारका उजुरी

कार्यलय बन्द हुँदा पनि कर्मचारीको आँखा घुस खानमै, लकडाउनमा मात्र २ हजार भ्रष्टाचारका उजुरी

Jun 19th, 2020

आधारभूमि संवाददाता

काठमाडौ ,५ असार

केही दिन अघि डिल्लीवजार मालपोत कार्यालयका ६ जना कर्मचारी घुस लिंदालिंदै पक्राउ परे । अख्तियार दुरुपयोग अनुसंन्धान आयोगले मालपोत अधिकृत रघुवंश कंडेल, ना।सु। क्रमशः उद्वव सापकोटा, नारायण प्रसाद पोखरेल, नवराज घिमिरे, गोपाल खड्का र खरिदार दिपक खनाललाई ८ लाख ५० हजार रुपैयाँ घुस रकमसहित समातेको थियो ।

पक्राउ परेका कर्मचारीहरूले गैरकानूनी तरिकाले जग्गाको कित्ताकाट गरेको अख्तियारले जनाएको छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय उदयपुरमा दरबन्दी भएर मोरङमा कार्यरत प्रहरी सहायक निरीक्षक सीताराम घिमिरेलाई पनि घुस लिएको आरोपमा नियन्त्रणमा लिएर अख्तियारले चार्जसिट दायर गरेको छ ।

सरकारले असार देखि लकडाउन केही खुकुलो पारेसंगै सरकारी कार्यालय खुलेका थिए । कार्यालय खोल्लन नपाउदै कर्मचारीका आँखा भने कसरी पैसा कुम्ल्याउने भन्नेमै केन्द्रित भएको यी घटनाले देखाउँछ ।

कोरोनाको जोखिम कम गर्न सरकारले लगाएको लकडाउनका कारण विगत ८३ दिनदेखि अत्यावस्यक सेवा दिने कार्यालय बाहेक सबै सरकारी कार्यालय बन्द थिए । तर र्कचारीले भने बन्दावन्दीमा पनि भ्रष्टाचार गर्न छोडेनन् ।

लकडाउनको अवधिमा पनि कर्मचारीहरु कमाउने नै दाउमा लागेको देखिन्छ । यस अवधिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा करिव २ हजार उजुरी परेका छन् ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार चैत, वैशाख र जेठ करिब दुई हजार उजुरी परेको परेका थिए । यस समयमा अधिकांश उजुरी अनलाइनबाट आएका थिए ।

अख्तियारले भ्रष्टाचार विरुद्धका उजुरी विभिन्न माध्याम बाट लिदै आएको छ । अख्तियारले लिखित, टेलिफोन, इमेल, वेवसाइट, फेसबुक, भाइबर, ट्विटरलगायतबाट उजुरी लिन्छ ।

सरकारी कामै नभएको वेला पनि भ्रष्टाचारका उजुरी पर्नुले हाम्रो कर्मचारीतन्त्र भ्रष्टाचारमा कति लिप्त छ भन्ने पुष्टि हुन्छ । एक त कमै नगर्ने अर्को कामै नभएका बेला समेत विभिन्न का गरेको वहानामा भ्रष्टाचार गर्ने कर्मचारीलाई कडा कारबाही गर्नुपर्ने खाँचो छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi