neapl investment mega bank
  • गृहपृष्ठ
  • यामाहाले ल्यायो शुन्य प्रतिशत फाइनान्स स्किम

यामाहाले ल्यायो शुन्य प्रतिशत फाइनान्स स्किम

Jun 19th, 2020

काठमाडौं, असार ५

नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रा. लि.ले सामाजिक दुरी र सुरक्षित यात्राको महत्वलाई मध्यनजर गर्दै यामाहा ब्रान्डका मोटरसाइकल तथा स्कुटर खरिदमा शुन्य प्रतिसत फाइनान्स स्किम सुरु गरेको छ । ‘असहज परिस्थिति, सहज समाधान’ नाम दिइएको यो स्किमले नयाँ यामाहा खरिद गर्दा ग्राहक माथि आर्थिक भारलाई समेत कबम गर्ने अपेक्षा गरिएको छ ।

यो स्किम अन्तर्गत ग्राहकले तीन वर्ष अवधिका लागि शुन्य प्रतिसत डाउन पेमेन्टमा यामाहाका जुनसुकै मोटरसाइकल र स्कुटर खरिद गर्न सक्नेछन । साथै, ग्राहकले शुन्य प्रतिसत ब्याजदरमा यामाहाका दुईपांग्रे खरिद गर्न सक्नेछन । यसका अलावा यामाहाले आफ्नो सबै उत्पादनहरुमा १० हजार रुपैयाँ नगद छुट पभन व्यवस्था गरेको छ ।

‘यो दुर्भाग्यको कुरा हो कि कोभिड १९ ले देशको अर्थतन्त्र आक्रान्त छ । आफ्नो दैनिकी सहज र सुरक्षित बनाउँदा नागरिक माथि समेत अतिरिक्त आर्थिक भार परिरहेको छ । अहिले सामाजिक दुरी र स्वास्थ्य सुरक्षा सबैभन्दा बढी प्राथमिकतामा परेको छ । यो आवश्यकतालाई ध्यानमा राखेर हामीले यो नयाँ स्किम ल्याएका हौं,’ यामाहा नेपालका मार्केटिङ हेड विक्रम पौडेलले भने ।

साथै, यामाहाले डिजिटल प्ल्याटफर्मको माध्यमबाट मोटरसाइकल तथा स्कुटर बुकिङको सुरुवात समेत गरेको छ । यसबारे विस्तृत विवरण डब्लुु, डब्लुु डब्लुु यामाहा डट कबम डट एनपी र यामाहाको सामाजिक सञ्जाल पेजमा उपलब्ध छ ।