neapl investment mega bank
  • गृहपृष्ठ
  • गुजारा चलाउन सुन बेच्न खोज्दा व्यवसायी किन्न मान्दैनन्

गुजारा चलाउन सुन बेच्न खोज्दा व्यवसायी किन्न मान्दैनन्

Jun 19th, 2020

आधारभूमि संवाददाता

काठमाडौ, असार ५

सुनको भाउ महंगीएसँगै बजारमा सुन किन्नेहरु छैनन् । बरु लकाउनका कारण आर्थिक संकट परेपछि कैयनले सुन बेच्न खोजेका छन् । तर व्यवसायीहरुले भने सुन किन्न मानिरहेका छैनन् ।

सुनको भाउ बिहिबार अहिलेसम्मकै महँगो भएको छ । बिहिबार प्रतितोला ८९ हजार ८ सयमा कारोबार भएको छ , जुन अहिलेसम्मकै उच्च मूल्य हो । लकडाउनको समयमा नै सुनको भाउ नेपाली बजारमा प्रतितोला १२ हजार ८ सय बढेको छ । सरकारले बजेटमार्फत प्रतितोला २३ सय ३३ रुपैयाँ कर बढाएको छ । जसका कारण पनि नेपालमा सुनको भाउ उच्च भएको हो ।

अन्तर्राष्ट्रिय बजारमा सुन किन्नेहरु बढेका बेलामा नेपालमा भने बिक्रीगर्नेहरु बढेका छन् ।समस्या परेका बेला बेच्न सकिने भएकाले नै उपभोक्ताले सुनका गरगहना जोड्ने गर्छन् । तर व्यवसायीहरुले अहिले सुन खरिद गर्न मानिरहेका छैनन् ।

अन्तर्राष्ट्रिय बजारमाकच्चा तेल, सेयर र डलरको समेत मूल्य खस्कीएपछि लगानीकर्ताहरु सुनतिर आकर्षित भएका छन्, जसले सुनको भाउ ह्वात्तै बढाएकोे छ । अन्तर्राष्ट्रिय बजारमा बुधबार सुनको मूल्यप्रतिऔस १ हजार ७ सय २४ डलरमा कारोबार भएको छ । जुन ९ वर्ष यताकै उच्च हो । नेपालमा भने मूल्यमा भएको एक्कासि वृद्धि र लकडाउनका कारण खर्च व्यवस्थापन मुस्किल भएपछि बजारमा सुन बेच्नेहरु बढेका छन् । तर व्यवसायीहरुले उपभोक्ताबाट सुन किन्न मानिरहेका छैनन् ।

खरिद गर्नेहरु नआएको र बेच्नेहरु मात्रै आएकाले पसलमा सुन थुप्रने हो कि भन्ने व्यवसायीमा भय छ ।

लकडाउनका कारण कैयन मजदरले चैत यतादेखि तलबपाउन सकेका छैनन् । सानोतिनो व्यवसाय गरेर गुजारा गर्नेहरुको पनिव्यवसायचौपट भएको छ । दैनिक गुजारा गर्न अहिले के जागीरे के व्यवसायी दुबैलाई कठिन छ । त्यसैले नै धेरैले सुन बेचेर गुजारा गर्न खोजेपनि यो संभव भएको छैन ।