neapl investment mega bank
  • गृहपृष्ठ
  • एपीएफ टोलीद्वारा चोरी पैठारीको मोटर पार्टस् बरामद

एपीएफ टोलीद्वारा चोरी पैठारीको मोटर पार्टस् बरामद

Jun 18th, 2020

झापा, असार ४

झापा जिल्लाको झापा गाउँपालिका ४ स्थित सीमा ईलाकाबाट असार २ गते एपीएफ टोलीले करिब दुई लाख २० हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोटर पार्टस् बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छलि नेपालतर्फ ल्याउदै गरेको उल्लेखित मुल्य बराबरको मोर्टर पार्टस् सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट टाघनडुब्बाबाट सशस्त्र प्रहरी निरीक्षक सचिन प्रधानको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi