neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल इन्भेष्टमेन्टले बैंकले प्राप्त गर्यो इटालियन बैंकबाट जमानत बापतको सम्पूर्ण रकम

नेपाल इन्भेष्टमेन्टले बैंकले प्राप्त गर्यो इटालियन बैंकबाट जमानत बापतको सम्पूर्ण रकम

Jun 18th, 2020

काठमाडौ, असार ४

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड (एनआईबीएल) ले इटालीको बैंक इन्टेन्सा सन्पाओला एसपीए बाट बैंक जमानत बापतको ८५ करोड रुपैयाँ र युरो ८७ लाख ५० युरो गरी कूल २ अर्ब रुपैयाँ भुक्तानी प्राप्त गरेको छ । यो रकम इटालीको अदालत ट्रिबुनल डे बोलोनाका तीन न्यायाधीशहरूको इजलासको यही २०२० जुन ९ तारिखमा यसअघि प्रारम्भिक सुनुवाईमा सोही अदालतको एकल न्यायाधीशको इजलासबाट इन्टेसा सन्पाओला एसपीए लाई भुक्तानीमा रोक लगाउने गरी भएको आदेशलाई बदर गर्ने गरी भएको अन्तिम आदेशबाट प्राप्त भएको हो ।

यो अध्याय नेपाली र अन्तर्राष्ट्रिय बैंकिङ्ग अभ्यासका लागि सकारात्मक विकासक्रम हो, जसले बैंक जमानतजस्ता बैंकिङ्ग उपकरणहरूमा विश्वास सुढृढ पार्दछ, जसबाट यस प्रकारको ठूलो कोषलाई समेत फिर्ता ल्याउन सकिन्छ भन्ने प्रमाणित गरेको छ । अन्तर्राष्ट्रिय अदालतमा सुनवाईको क्रममा पहिलो चरणमा जारी गरिएको अन्तरिम आदेशमाथि चुनौती दिईएपछि बैंक जमानत बापतको रकम सफलतापूर्वक प्राप्त गर्न सकिएको हालसम्मको नेपाली बैंकिङ्ग इतिहासमा यो पहिलो उदाहरण हो ।

यस अवसरमा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड अर्थमन्त्रालय, ऊर्जा मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल राष्ट्र बैंक, नेपाल विद्युत् प्राधिकरण, तनहुँ जलविद्युत् प्रा.लि. तथा हाम्रा सबै शुभचिन्तकहरूमा निरन्तर सहयोगका लागि हार्दिक आभार व्यक्त गर्न चाहन्छ, बैंकले भनेको छ ।