neapl investment mega bank
  • गृहपृष्ठ
  • कोरोना पीडितलाई राहत र उपचारमा मेरो माइक्रो फाइनान्सले दियो २५ लाख

कोरोना पीडितलाई राहत र उपचारमा मेरो माइक्रो फाइनान्सले दियो २५ लाख

Jun 18th, 2020

काठमाडौ, असार ४

कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा मेरो माइक्रोफाइनान्स लघुवित्त बित्तीय संस्थाले सहयोग प्रदान गरेको छ । माइक्रो फाइनान्सले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट उक्त रकम संघीय सरकारलाई हस्तान्तरण गरेको हो । कम्पनीले २५ लाख ६० हजार ७ सय १९ रुपैयाको चेक राष्ट्रिय बाणिज्य बैंकमा रहेको उपचार कोषको खातामा विहीवार नै जम्मा गरेको जनाएको छ ।

उक्त रकममा कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वसँगै कार्यरत कर्मचारीको ३ दिनको पारिश्रमिकसमेत समावेश गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले जानकारी दिए ।

यससँगै कोरोना पीडित एवम् विपन्न वर्गलाई राहत पु¥याउन विभिन्न स्थानीय तहमार्फत् १० लाख रुपैयाँ बराबरको खाद्यान्न सहयोग उपलब्ध गराइसकेको दाहालले जानकारी दिए । समग्र बिश्वलाई नै प्रभावित पारिरहेको मानवीय बिपत्तिको घडिमा कोरोना भाइरसको सम्भावित संक्रमण, रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले चालेको पहलमा सहयोग पु¥याउन पाउदा आफूहरुका लागि गर्वको कुरा भएको सीईओ दाहालले बताए । उनले आफूहरु कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबै नागरिक तथा नेपाल सरकारसंग एकजुट भएर काम गर्न प्रतिबद्ध रहेको बताए ।

असार लागेपछि लकडाउन खुकुलो पारिँदा ब्यापार ब्यवसाय पुनः सूचारु भए पनि अर्थतन्त्र ओरालो लागेको अवस्था भन्दै सीईओ दाहालले यस किसिमको सहयोग निरन्तर जारी राख्ने बताए । नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहेको मेरो माइक्रो फाइनान्स लघुवित्त बित्तीय संस्थाले देशका ५९ जिल्लमा १२० शाखामार्फत लघुवित्तीय सेवा प्रदान गरिरहेको छ ।