neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा तीन जना पक्राउ

प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा तीन जना पक्राउ

Jun 17th, 2020

पर्सा, असार ३

प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा पटेर्वासुगौली गाउँपालिका ५ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय निचुटाबाट ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पटेर्वा सुगौली गाउँपालिका ५ बस्नेहरु २८ वर्षीय श्रीराम चमार, ३२ वर्षीय श्रीराम चमार र २६ वर्षीय रामबालक हजरा दुसास रहेका छन् । गत जेठ ३१ गते राति सोही विद्यालयमा रहेको क्वारेनटाईनमा मादक पदार्थ सेवन गरी हो-हल्ला गर्दै भित्र छिरेका उनीहरुलाई रोक्न खोज्दा प्रहरीलाई नै गाली गलौच तथा अभद्र व्यवहार गरेपछि प्रहरीले पक्राउ गरेको हो ।

उनीहरु उपर सार्वजनिक शान्ति विरुद्धको कसुर मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi