neapl investment mega bank
  • गृहपृष्ठ
  • नारायणगढ मुग्लिन सडकमा पन्छाएलगत्तै पहिरो खस्योः सडक अवरुद्ध

नारायणगढ मुग्लिन सडकमा पन्छाएलगत्तै पहिरो खस्योः सडक अवरुद्ध

Jun 17th, 2020

चितवन, ३ असार

नारायणगढ मुग्लिन सडकखण्डको चार किलोमा पुनःपहिरो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार आज साँझ पहिरो पन्छाएलगत्तै पुनःसोही ठाउँमा पहिरो खसेको हो ।

इच्छाकामना गाउँपालिका वडा नं ६ मा बिहान ४ः१५ बजे पहिरो खसेको थियो । नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनीयर शिव खनालका अनुसार सो सडकमा पहिराले ४५ मिटर सडक ढाकेको थियो । दुवैतर्फबाट लोडरले दिनभर लगाएर पहिरो पन्छाइएको भए पनि पुनःपहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

पानी परिरहेकाले पहिरो पन्छाउन कठिन भएको उहाँले जानकारी दिनुभयो । आज बिहानबाटै सो सडक अवरुद्ध भएपछि सवारी साधनको लामो लाइन लागेको छ । रासस

aadharbhumi
aadharbhumi
aadharbhumi