neapl investment mega bank
  • गृहपृष्ठ
  • चोरी निकासी गर्न लागेको ३५ क्विन्टल छोकडा बरामद

चोरी निकासी गर्न लागेको ३५ क्विन्टल छोकडा बरामद

Jun 17th, 2020

बारा, असार ३

विश्रामपुर गाउँपालिका ४ बलिरामपुर हुँदै नेपालबाट अवैध रुपमा चोरी निकासी गरी भारततर्फ लैजानको लागि थुपारी राखेको करिब ५ लाख २५ हजार रुपैयाँ मूल्य बराबरको करिब ३५ क्विन्टल छोकडा बुधबार बिहान प्रहरीले बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी सोही ठाउँस्थित दशगजा क्षेत्र नजिकै पुग्दा केही व्यक्तिहरू भागे पश्चात उक्त परिमाणको छोकडा प्रहरीले बरामद गरेको हो ।

बरामद छोकडा आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय वीरगंज पर्सा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi