काठमाडौ, असार ३
नेपाल चेम्वर अफ कमर्सको तर्फबाट चेम्वरका अध्यक्ष राजेशकाजी श्रेष्ठले २०७७ र ७८को मौद्रिक नीतिले सम्वोधन गर्नुुपर्ने बिषयहरुको सन्दर्भमा आज नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीे समक्ष ४० वुंदे सुझाव प्रस्तुत गरेकाछन ।
उक्त अवसरमा चेम्वरका अध्यक्ष श्रेष्ठले कोभिड १९ को बिषम परिस्थितिमा बजेट मार्फत निजी क्षेत्रको समस्या र माग वारे अपेक्षा गरे बमोजिम सम्वोधन हुन नसकेको सन्दर्भमा समस्त व्यवसायी क्षेत्रले मौद्रिक नीतिबाट सम्वोधन हुने आशा राखेको बताए । अध्यक्ष श्रेष्ठले चेम्वरका सुझावहरु वुंदागत रुपमा प्रस्तुत गर्नु हुंदै नेपाल राष्ट्र बैक नेपाल सरकारको सल्लाहकारको भूमिका समेत निर्वाह गर्ने भएकोले कोभिड १९बाट प्रभाबित अर्थतन्त्रको पुनरुत्थान गर्न र बर्तमान अवस्थामा बन्द भएका आर्थिक गतिविधिहरु चलायमान बनाउन व्यवसायीक क्षेत्रका अन्य मागहरुलाइ सम्वोधन गरी व्यवसायीक वातावरण बनाउन पहल गरी दिने बिश्वास चेम्बरले लिएको बताए ।
उक्त अवसरमा नेपाल राष्ट्र वैंकका गभर्नर महा प्रसाद अधिकारीले चेम्वरबाट प्रस्तुत अधिकांश सुझावहरु बर्तमान परिस्थिति बमोजिमको यथार्थ माग अनुसारनै रहेको बताए । अहिले तरलता, रेमिट्रयान्स प्रवाह एवम बिदेशी मुद्राको संचिति सन्तोषजनक अवस्थामा रहेकोले लगानीको लागि पुंजीको अभाव नरहेको बताए । यस परिस्थितिमा उद्यमी व्यवसायीहरुको खांचो रहेको औल्याए । नेपाल राष्ट्र वैंक समस्त व्यवसायीक कारोवार डिजिटाइज्ड गर्ने तर्फ प्रयत्नशील रहेको बताउँदै यसका लागि निजी क्षेत्रको सहयोगमा मात्र संभव बताए ।