neapl investment mega bank
  • गृहपृष्ठ
  • बिदेशमा अलपत्र नागरिक ल्याउने क्रममा एक सय ५४ जनाको उद्धार

बिदेशमा अलपत्र नागरिक ल्याउने क्रममा एक सय ५४ जनाको उद्धार

Jun 17th, 2020

काठमाडौ, असार ३

सरकारले बिदेशमा अलपत्र आफ्ना नागरिक ल्याउने क्रममा मंगलबार एक सय ५४ जना नेपाली नागरिकको उद्धार गरेको छ । कोभिड १९ विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका र स्वदेश आउनु पर्ने अवस्थामा रहेका नेपाली नागरिकहरुलाई सुरक्षित साथ स्वदेश ल्याउने, क्वारेन्टाईनमा राख्ने र स्वास्थ्य परीक्षण एवं स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गराई ब्यवस्थापन गर्ने सिलसिलामा मंगलबार श्रीलंकाबाट छ जना र माल्दिभ्सबाट एक सय ४९ गरी जम्मा एक सय ५४ जना नेपाली नागरिकहरु को उद्धार गरिएको हो ।

आगमन पश्चात वहाँहरु सबैको व्यक्तिगत विवरण संकलन, स्वास्थ्य परीक्षण लगायतका आवश्यक प्रकृया पुरा गरी नेपाली सेनाको व्यवस्थापनमा सुरक्षित एवं व्यवस्थित ढंगले डढ जनालाई होटल क्वपारेन्टाईन, छ जनालाई होम क्वारेन्टाईन र ६० जनालाई उपत्यका भित्र स्थापना गरेको बिभिन्न क्वारेन्टाईन पठाईएको सिसिएमसीले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi