neapl investment mega bank

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Jun 17th, 2020

झापा, असार ३

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका ५ मदनबस्ती बस्ने २२ वर्षीय दिपु राजवंशीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

राजवंशीले किशोरीको घरमा गई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र अस्थाई प्रहरी पोष्ट ईटाभट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi