neapl investment mega bank
  • गृहपृष्ठ
  • भाटभटेनीका अध्यक्ष गुरुङले ११ करोड लागतमा त्रिवि शिक्षण अस्पतालमा अर्को भवन बनाइ दिने

भाटभटेनीका अध्यक्ष गुरुङले ११ करोड लागतमा त्रिवि शिक्षण अस्पतालमा अर्को भवन बनाइ दिने

Jun 17th, 2020

काठमाडौ, असार ३

भाटभटेनी सुपर मार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङले त्रिवि शिक्षण अस्पतालमा अर्को भवन बनाइदिने भएकाछन् । भवनको शिलान्यास बुधबार भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले उक्त भवनको शिलान्यास गरेका हुन् । भवन १० महिना भित्रै तयार पारेर हस्तान्तरण गर्ने योजना छ ।

भाटभटेनी सुपरमार्केट्सका प्रबन्ध निर्देशक समेत रहेका गुरुङ र भाइ पहलमान गुरुङले स्वर्गीय बुबा वृषबहादुर गुरुङ र आमा धनमाया गुरुङको स्मृतिमा उक्त भवन बनाउन लागेका हुन् । अध्यक्ष गुरुङका अनुसार नयाँ भवन निर्माणमा करिब ११ करोड रुपैया ँलागत लाग्ने अनुमान छ ।

बेसमेन्ट सहित पाँच तलाको हुने उक्त भवनमा एउटा तला २६ सय वर्गफिटको हुनेछ । गुरुङले यसअघि पभन करिब १० करोड लागतमा त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षसहितको भवन निर्माण गरिदिएका थिए । “हामीले यसअघि पभन १० करोड जति लगानीमा त्यहाँ भवन बनाइ दिएका थियौं,”भाटभटेनीका अध्यक्ष गुरुङले भने, “अहिले बनाउन लागेको भवनमा फर्निचर र आवश्यक सामग्री पभन उपलब्ध गराउने भनेका छौं । त्यहाँ भेन्टिलेटर सहितको व्यवस्था हुन्छ । यसअघि ६ महिना भित्रै तयार गर्ने योजना थियो तर कोरोना महामारीका कारण निर्माणको काम केही लम्बिने देखेका छौं । १० महिना भित्रै हामीले उक्त भवन हस्तान्तरण गर्ने योजना छ ।”