neapl investment mega bank

लागुऔषध चरेश सहित दुुई व्यक्ति पक्राउ

Jun 17th, 2020

काठमाडौ, असार २

लागुुऔषध सहित दुुई व्यक्ति पक्राउ परेकाछन । महानगरीय अपराध महाशाखा टेकुुले म्याग्दी मालिका गा.पा. वडा न ४ घर भई हाल काठमाडौ नयाँ बसर्पाक बस्ने २४ बर्षिय तुल प्रसाद घर्तिमगर र म्याग्दी ममगला गा.पा. वडा न ४ घर भई हाल काठमाडौ नयाँ बसपार्क बस्ने ४४ बर्षिय नन्द प्रसाद रोकालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरुको साथबाट लागु औषध चरेश छ के.जि.५०० ग्राम र दुुई थान मोबाईल बरामद गरिएको छ । प्रहरीका अनुसार लागु औषध संचय, ओसारपसार, बिक्री बितरण नियन्त्रण गर्न महाशाखाबाट संचालित योजना र कारबाहीको क्रममा यही असार दुुई गते बेलुका जि. काठमाण्डौं टोखा न.पा. वडा नं ९ लक्ष्मीमार्ग नगर स्थितमा निम्न मानिसहरुको साथबाट छ के.जी. ५०० ग्राम लागु औषध चरेश बरामद गरी आवश्यक कारबाहिको लागी महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाईएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi