neapl investment mega bank
  • गृहपृष्ठ
  • पछिल्लो २४ घण्टामा ११७ जना डिस्चार्ज, डिस्चार्ज हुनेको संख्या ११५८ पुग्यो

पछिल्लो २४ घण्टामा ११७ जना डिस्चार्ज, डिस्चार्ज हुनेको संख्या ११५८ पुग्यो

Jun 16th, 2020

आधारभूमि संवाददाता

काठमाडौ, असार २

नेपालमा  पछिल्लो २४ घण्टामा ११७ जनाले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न अस्पतालबाट ११७ जना डिस्चार्ज भएको बताए । डिस्चार्ज हुनेमा १०९ जना पुरुष र ८ जना महिला रहेको गौतमले बताए ।

योसँगै नेपालमा ११५८ जनाले कोभिड–१९ लाई जितेका छन् ।