neapl investment mega bank
  • गृहपृष्ठ
  • छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी सात जनाको मृत्यु

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी सात जनाको मृत्यु

Jun 16th, 2020

काठमाडौं, असार २

बाँकेको राप्ति सोनारी गाउँपालिका १ स्थित सडकमा ना.७ त ५१८ नम्बरको ट्याक्टर सोमबार दिउँसो अनियन्त्रित भई राप्ती नदीमा खस्दा ट्याक्टरमा सवार १९ वर्षीय चुर्ण बहादुर थारु मृत अवस्थामा फेला परेका छन् । उक्त ट्याक्टर फेला परेको छ भने नदीमा बेपत्ता भएका ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेका छ ।

जुम्लाको पातारासी गाउँपालिका ६ कोठाभिरस्थित सडकमा भे.१ त ७३३२ नम्बरको ट्याक्टर सोमबार साँझ सडकबाट करिब ५० मिटरतल खसेर दुर्घटना हुँदा सोही गाउँपालिका ४ बस्ने ४८ वर्षीय जय बहादुर बुढाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटना घाइते भएका २ जनालाई उद्धार गरी उपचारको लागि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

डोटीको बडिकेदार गाउँपालिका ३ सुनालेकस्थित बिपिनगर घांगल सडकमा से.१ख १२६२ नम्बरको मिनीट्रक सोमबार दिउँसो अनियन्त्रित भई दुर्घटना हुँदा ट्रकमा सवार सोही गाउँपालिका ३ बस्ने ४० वर्षीय डबल पुनमगर र १४ वर्षीय धिरज पुनमगरको घटनास्थल मै मृत्यु भएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङको बेलबारी नगरपालिका १ लोहन्दा पुलस्थित सडकमा को.१ क ३२५० नम्बरको टिपरलेको. ३२ प ६६७६ नम्बरको मोटरसाइकललाई सोमबार राती ठक्कर दिँदा मोटरसाइकल चालक सुन्दर हरैचा नगरपालिका ७ बस्ने ४९ वर्षीय अशोक लाल चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिरहाको नरहागाउँपालिका ३ स्थित सडकमा स.१ त ४०२८ नम्बरको ट्याक्टर सोमबार राति अनियन्त्रित भई दुर्घटना हुँदा सहचालक सोही ठाउँ बस्ने २० वर्षीय दुर्गेस यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई भूमिजा अस्पताल हुँदै बिराट नर्सिंङहोम बिराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका ट्याक्टर चालक २० वर्षीय जितबहादुर यादवको सोही अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi