काठमाडौ, असार २
कोभिड–१९ को विश्वव्यापी महामारीबाट नेपाली अर्थव्यवस्था तथा उपभोक्ता आक्रान्त रहेको छ । नेपाली उपभोक्ताको समस्यातथा सीमिततालाई मध्यनजर गर्दे अझ सहज सुविधा सहित नेपालमा ड्याट्सन तथा निशान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रा.लि.ले “बाइ नाउ पे इन २०२१” योजना प्रस्तुत गरेको छ ।
यो योजना अन्तर्गत ग्राहकले गाडी किनिसके पछि छ महिना अवधिसम्म कुनै पभन इएमआई तथा व्याज तिर्नुपर्नेछैन । उक्त अवधिको सम्पूर्णदायित्व कम्पनिले बेहोर्ने छ । साथमा आकर्षक नगद छुट उपलब्ध रहनेछ । डाट्सनरेडी गो ०.८ एल र १.० एल तथा डाट्सन गो शक्तिशाली १.२ एल इन्जिनका साथ बजारमा उपलब्ध छन् । गाडीको खरिदमा गाडीका विभिन्न एक्सोसरिजहरु पाउनुको साथै १ वर्षको निःशुल्क इन्स्युरेन्स, ३ वर्षसम्मको वारेन्टी, ३ वर्षसम्म निःशुल्क सर्भिसिङ्गको सुबिधा, १ वर्षसम्मको सडक कर यो योजना अन्तर्गत उपलब्ध रहनेछ । यो अफर स्टकको उपलब्धता सम्म रहनेछ । साथै शर्तहरु लागू हुने कम्पनीले जनाएको छ ।