neapl investment mega bank
  • गृहपृष्ठ
  • चट्याङ लागेर भोजपुरमा एक बालिकाको मृत्यु

चट्याङ लागेर भोजपुरमा एक बालिकाको मृत्यु

Jun 15th, 2020

भोजपुर, १ असार

भोजपुर ट्याम्के मैयुम गाउँपालिका-१ सुमलिखा बस्ने रामजी राउतको १० वर्षीया छोरी रितिका राउतको चट्याङ लागेर आइतबार दिउँसो मृत्यु भएको छ ।

भोजपुर षडानन्द नगरपालिका-३ सानो दिङला बस्ने मावली हजुर बुबाको घरमा बस्दै आएकी उनको जेठ २० गते खेतमा धान रोप्ने क्रममा चट्याङ लाग्दा गम्भीर घाइते भएका उनको सोही नगरपालिका-३ खार्ताम्छा उप स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi