neapl investment mega bank
  • गृहपृष्ठ
  • एपीएफ टोलीद्वारा चोरी पैठारी निकासीको सामान बरामद

एपीएफ टोलीद्वारा चोरी पैठारी निकासीको सामान बरामद

Jun 15th, 2020

काठमाडौं, असार १

रुपन्देही जिल्लाको रोहिणी गाँउपालिका ७ पिप्रहिया स्थित सीमा ईलाकाबाट जेठ ३२ गते एपीएफ टोलीले करिब एक लाख एक हजार रुपैयाँ बराबरको चोरीपैठारी तथा निकासीको सामान बरामद गरेको छ ।

अवैधरुपले चोरीपैठारी निकासी गर्दै गरेको उल्लेखित मुल्य बराबराको ४ सय ५० के.जी. छोकडा र किराना सामान सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट पजरकट्टीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान भन्सार कार्यालय भैरहवामा बुझाएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सर्मजुवाबाट खटिएको एपीएफ टोलीले असार १ गते करीव एक लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा किराना सामान बरामद गरेको छ । भन्सार छली अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा तथा किराना सामान एपीएफ टोलीले रौतहट जिल्लाको बौधिमाई नगरपालिका ७ बंकुल स्थित सीमा ईलाकाबाट बरामद गरेको हो । बरामद समान भन्सार कार्यालय गौरमा बुझाईएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi