neapl investment mega bank
  • गृहपृष्ठ
  • महालक्ष्मी बैंकद्धारा दुुई वटा बिद्यालयलाई सहयोग

महालक्ष्मी बैंकद्धारा दुुई वटा बिद्यालयलाई सहयोग

Jun 15th, 2020

काठमाडौ, असार १

महालक्ष्मी बिकास बैंकले दुई वटा बिद्यालयलाई रकम सहयोग गरेको छ । बैंकले भैरहवा र चितवनका स्कुललाई शौचालय निर्माणका लागि तीन लाख रुपैयाँ सहयोग गरेको हो ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्दे भरतपुर महानगरपालिकामा रहेको जखडीमाई राष्ट्रिय आधारभूत विद्यालय र भैरहवाको भानु माध्यामिक विद्यालयमा निर्माण गर्न लागेको शौचालयलाई डेढ डेढ लाख रुपैयाँ सहयोग गरेको हो ।

बैंकका संचालक राहुल अग्रवालले रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थ नगरका अध्यक्ष ठाकुरकुमार श्रेष्ठलाई चेक हस्तान्तरण गरे। नारायणगढमा बैंकका शाखा प्रवन्धक वीरेन्द्रकुमार चौधरीले रोटरी क्लब अफ भरतपुरका अध्यक्ष सुरेशसेन ठकुरीलाई डेढ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुुन ।