neapl investment mega bank
  • गृहपृष्ठ
  • आजदेखि दुइ सिप्टमा चल्न थाले सरकारी कार्यलय, अब कुन निकाय बन्द रहन्छन् ?

आजदेखि दुइ सिप्टमा चल्न थाले सरकारी कार्यलय, अब कुन निकाय बन्द रहन्छन् ?

Jun 15th, 2020

आधारभूमि संवाददाता

काठमाडौं १ असार

सरकारी कार्यालयहरु आजबाट दुई सिफ्टमा सञ्चालन हुन थालेका छन् । लकडाउन खुकुलो भएसगैं सरकारी कार्यालयका कार्यलाई पनि दुइ चरणमा विभाजन गरी सञ्चालन गर्न थालिएको छ ।

मन्त्रिपरिषद्को जेठ २८ गते बसेको बैठकले आजबाट कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न निर्णय गरेको गियो । अव सरकारी कार्यालयहरु बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो सिफ्ट र १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्टमा सञ्चालन हुनेछन्।

सरकारले कोभिड–१९ को जोखिम कम गर्न सरकारी कार्यालय, बैंक, वित्तीय संस्था, सहकारी, बीमा सेवा आजबाट सञ्चालन गर्ने निर्णय गरेको हो। आजदेखि शिक्षण संस्थाका कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालयसमेत छन्। सरकारको निर्णय अनुसार यी सबै कार्यालय दुई सिफ्टमा निर्वाध रुपले सञ्चालन गर्नुपर्ने छ।

सार्वजानिक सेवा लिन जने सेवाग्राहीको लागि सरकारले निजी सवारी साधन प्रयोगको अनुमती दिएको छ । त्यस्तै जोरबिजोर प्रणालीमा सञ्चालन हुने गरी निजी सेवा प्रदायक कार्यालयका श्रमिक तथा कर्मचारी ओसारपसार गर्न प्रयोग गरिने सवारीसाधन पनि सञ्चालनमा आएका छन् ।

सेवा लिन जाने सेवाग्रही तथा सेवा दिने कर्मचारी र श्रमिक सरीमा एक लहरमा एक जना मात्र यात्रु राख्नुपर्ने छ। यसैगरी यात्रुले अनिवार्य रुपमा मास्क र स्यानेटाइजरको व्यवस्था गर्नुपर्ने तथा सवारीलाई दैनिक सरसफाई समेत गर्नुपर्ने र सो सवारीमा सवारीमा आफ्नो कार्यालयमा काम गर्ने मजदूर तथा कर्मचारी मात्रै राख्नुपर्ने छ।

सरकारले लकडाउन खुकुलो बनाएपनि खुकुलो बनाए पनि सवै सार्वजानिक स्थान तथा निकाय भने खुलेका छैनन । तत्कालका लागि मानिसको बढी भीडभाड हुने र सहभागिता बढी हुने पठनपाठन स्थल , अनुमति प्राप्तबाहेकका अन्तर्राष्ट्रिय र आन्तरिक उडान, तोकिएकाबाहेकका अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवागमन, सबै प्रकारका तालीम, सेमिनार, सभा, गोष्ठी र भेला, सिनेमा हल, पार्टी प्यालेस डान्सबारलगायतका मनोरञ्जनस्थल, सार्वजनिक पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना, स्पा, शैलुन, तथा ब्युटीपार्लर, स्वीमिङपुल, सपिङ मल, समूहमा खेलिने खेलकूद र खेलमैदान, सबै प्रकारका धार्मिक तथा सामाजिकस्थल भने सञ्चालनमा आएका छैनन् । ति स्थानमा यात्रुबाहक सवारीसाधन सञ्चालन हुने छैनन्। त्यस्तै सार्वजानिक सवारी साधन पनि सञ्चालनमा आएका छैनन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi