काठमाडौं, असार १
रियल मड्रिडले स्पानिस ला लिगामा आइबरलाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा मड्रिडले आइबरलाई ३-१ ले पराजित गरेको हो । रियलले पहिलो हाफमै ३ गोल गरेको हो ।
खेलमा रियल मड्रिडको लागि टोनी क्रुस , सर्जियो रामोसले र मार्सेलोले गोल गरे । खेलमा पहिलो अग्रता भने रियलले नै लिएको थियो। खेलको चौथो मिनेटमा टोनी क्रुसले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए। ६५ औ मिनेटमा सर्जियो रामोसले गोल गर्दै अग्रता दोब्बर पारे ।
त्यसपछि ३७ औं मिनेटमा मार्सेलोले गोल गरेपछि रियलले ३-० को अग्रता बनायो । खेलको ६० औँ मिनेटमा पेड्रो बिगासले आइबरकोलागि एक गोल गरे । तयसपछि कुनै गोल हुन सकेन र खेल रियल मड्रिडले जितेको हो ।
जितसंगै रियल मड्रिडले स्पेनिस ला लिगामा दोस्रो स्थानको बार्सिलोनासंगको दुरी २ अंकमा झारेको छ । रियलले २८ खेलबाट ५९ अंक जोडेको छ । समान खेलबाट बार्सिलोनाको ६१ अंक छ र शीर्ष स्थानमा छ ।