neapl investment mega bank
  • गृहपृष्ठ
  • एपीएफ टोलीद्वारा चोरीपैठारीको मोवाईल पार्टस् तथा लत्ताकपडा बरामद

एपीएफ टोलीद्वारा चोरीपैठारीको मोवाईल पार्टस् तथा लत्ताकपडा बरामद

Jun 14th, 2020

काठमाडौं, जेठ ३२

झापा जिल्लाको मेचीनगर नगरपालिका ६ स्थित सीमा ईलाकाबाट जेठ ३२ गते एपीएफ टोलीले करीव ९ लाख १० हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोवाईल पार्टस् बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको मोवाईल पार्टस् सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गुल्म झापाबाट सशस्त्र प्रहरी निरीक्षक दिव्यराज कोईरालाको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद मोवाईल पार्टस् भन्सार कार्यालय काकँडभिट्टामा बुझाएको छ ।

यसैगरी रुपन्देही जिल्लाको मायादेवी गाउँपालिका ६ दुर्गौलियाबाट एपीएफ टोलीले जेठ ३२ गते करीव एक लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भन्सार छली अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मझगावाँबाट सशस्त्र प्रहरी नायव निरीक्षक भैरव कणेलको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय भैरहवामा बुझाईएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi