neapl investment mega bank
  • गृहपृष्ठ
  • आज थप ६१ जना डिस्चार्ज, डिस्चार्ज हुनेको संख्या ९७४ पुग्यो

आज थप ६१ जना डिस्चार्ज, डिस्चार्ज हुनेको संख्या ९७४ पुग्यो

Jun 14th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, ३२ जेठ

नेपालमा आज ६१ जनाले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न अस्पतालबाट ६१ जना डिस्चार्ज भएको बताए । डिस्चार्ज हुनेमा ५५ जना पुरुष र ६ जना महिला रहेको गौतमले बताए ।

योसँगै नेपालमा ९७४  जनाले कोभिड–१९ लाई जितेका छन् । तीमध्ये ८७७  पुरुष र ९७  महिला छन् ।