आधारभूमि संवाददाता
काठमाडौँ, ३२ जेठ
आज थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा ४२५ जनामा सङ्क्रमण देखिएको बताए । तीमध्ये ३७५ जना पुरुष र ५० जना महिला रहेका छन् ।
योसँगै संक्रमितको कूल संख्या ५७६० पुगेको छ भने सङ्क्रमणबाट निको भइ ९७४ जना घर फर्किसकेका छन् ।