काठमाडौ, जेठ ३२
नेपाल बायुु सेवा निगमले उद्धारको भाडादर निर्धारण गरेको छ । निगमले विश्वका विभिन्न मुलकमा रहेका नेपालीहरुलाई नेपाल ल्याउने सन्दर्भमा नेपाल वायुसेवा निगमले उद्धार उडानहरु गर्ने कार्यतालिका निर्धारण गर्नुका साथै भाडा दर पनि निर्धारण गरेको हो ।
साथै नेपाल वायुसेवा निगमका विमानहरुबाट नेपाली ल्याउन तोकेको मुलुकमा जाँदा उक्त मुलुकमा जान चाहने यात्रुले परराष्ट्र मन्त्रालय वा सम्बन्धित मुलुकको नेपाल स्थित राजदुतावासबाट अनुमति ल्याएमा यात्रा गर्न सकिने जनाएको छ ।
उद्धार उडानका लागि ई–टिकेटिङ्ख बाट टिकट खरीद गर्न चाहने यात्रीले निम्न सेक्टरको लागि तोकिएका व्यक्तिहरुसँग उल्लिखित नम्बरमा सम्पर्क राख्न समेत निगमले अनुरोध गरेको छ ।
निगमले निर्धारण गरेको भाडादर यसप्रकार रहेको छ ।