काठमाडौं, जेठ ३२
काठमाडौं महानगरपालिका १४ रविभवनस्थित श्याम श्रेष्ठको घरमातास खेलिरहेका ९ जनालाई नगद १ लाख रुपैयाँ र ३ बुकतास सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेषसूचनाको आधारमा महानगरीय प्रहरी वृत्तकालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्नेहरु काभ्रेरोशी गाउँपालिका ५ घर भएकी ४५ वर्षीया कान्छी लामा , धनुषा जनकपुर घर भएकी ३४ वर्षीया अनिता कुशवाहा, काठमाडौं महानगरपालिका २६ लैनचौर घर भएकी ३७ वर्षीया सर्मिला मसाल श्रेष्ठ, धादिङ थाक्रे गाउँपालिका ७ घर भई काठमाडौं महानगरपालिका १४ कुलेश्वर बस्ने ३४ वर्षीय राजु भुजेल, धादिङ थाक्रे गाउँपालिका ५ घर भई काठमाडौं महानगरपालिका १३ कालीमाटी, बस्ने ४२ वर्षीय आस्मान लामा, गोरखाको गोरखा नगरपालिका १३ घर भई हाल काठमाडौं बानेश्वर बस्ने ४४ वर्षीय फुल बहादुर गुरुङ, काभ्रे नवबुद्ध नगरपालिका ६ घर भई हाल काठमाडौं महानगरपालिका १४ लाम्पाटी बस्ने ५५ वर्षीय धन बहादुर तामाङ, काभ्रे बनेपा नगरपालिका १ घर भई हाल काठमाडौं महानगरपालिका १४ कलंकी बस्ने ३८ वर्षीय यज्ञ कुमार श्रेष्ठ ररामेछाप सुनापती गाउँपालिका(४ घर भई हाल ललितपुर ईमाडोल बस्ने ३६ वर्षीय दिपक थापा रहेका छन् ।
झापाको कनकाई नगरपालिका ३ टप्पु टोलस्थित चेतन कुमार प्रसाईको घरमा जुवा(कौडा) खेलिरहेका ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही नगरपालिका ३ बस्नेहरु ५३ वर्षीय विष्णु प्रसाद उप्रेती, ४५ वर्षीय लिलु अग्रवाल,३६ सुरज चुडाल, ४० वर्षीय हरि खरेल तथा ३१ वर्षीय ओमप्रकाश चापागाई, सोही नगरपालिका ४ बस्नेहरु ३८ वर्षीय मान बहादुर श्रेष्ठ र ३५ वर्षीय हरि बहादुर श्रेष्ठ रहेका छन् ।
उक्त घरमा जुवा खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले जुवा (कौडा) खेलिरहेको अवस्थामा नगद ७१ हाजर १० रुपैयाँ र कौडा १६ थान लागायतका सामान सहित उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।